शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

यूएसएआईडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

images
आइतबार, साउन ६ २०८१
images
images
यूएसएआईडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआईडीको मुख्यालय डिसीमा उनको शपथ गराएकी छिन्।

images
images

वासिङ्टन डिसी- नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको अमेरिकी सहयोग नियोग यूएसएआईडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छिन्।

images
images

नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआईडीको मुख्यालय डिसीमा उनको शपथ गराएकी छिन्। कार्यक्रममा नेपाली दूतावासका तर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए।

images
images

उक्त अवसरमा खरेलले यूएसएआईडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे।

images
images
images

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरेकी थिइन्। रासस


प्रकाशित : आइतबार, साउन ६ २०८११३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend