शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल र एनबी बैंक मर्जकाे असर : नबिलको सस्तो र बंगलादेशको महँगोमा सेयर किन्ने हाेड

बैशाखबाटै एकिकृत कारोबारको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १९ २०७८
images
नबिल र एनबी बैंक मर्जकाे असर : नबिलको सस्तो र बंगलादेशको महँगोमा सेयर किन्ने हाेड
images
images

काठमाडौं- नबिल बैंकको ३८ प्रतिशत लाभांशका लागि सेयर मूल्य समायोजन भएर आइतबारबाट पुनः कारोबार भइसकेको छ।नबिलको सेयर मूल्य १०८५.३३ रुपैयाँमा समायोजन भएको थियो। सोहीकारण आइतबार नबिलको सेयर सस्तोमा किन्नका लागि लगानीकर्ता ओइरिएका थिए। यो ट्रेन्ड अझै केही दिन जाने देखिन्छ। 

images
images
images

आइतबार नबिलको सेयर मूल्य प्रतिकित्ता ५८.६७ रुपैयाँले बढेर ११४४ रुपैयाँ कायम भएको छ। २ लाख ६३ हजार ८ सय ८५ कित्ता कारोबार भएको थियो भने २९ करोढ ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यता नबिलसँग मर्जको अन्तिम तयारीमा रहेको बंगलादेश बैंकको सेयर कारोबार पनि उच्च भएको छ। जसको प्रतिकित्ता मूल्य ४०८ रुपैयाँ हुँदा आइतबार १८ करोड ९२ रुपैयाँ बराबरको कारोबार भएको छ। 

images
images

नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाइसकेको छ। नबिलको पनि सेयर मूल्य समायोजनपछि खरिदमा चाप भएको छ। भने बंगलादेश बैंकको नबिलमा मर्ज हुने भएपछि धेरै कारोबार भएको हो। एनबीको आइतबार मात्रै ४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ। 

images
images

नबिलको मूल्य समायोजनको हिसाबले एनबीसँग मर्ज हुँदा एनबीको सेयर मूल्य ७ सयसम्म पुग्दासमेत घाटा नजाने देखिन्छ। दुई बैंकको १००ः५५ स्वाप रेसियो हुँदा पनि एनबीका सेयर लगानीकर्तालाई घाटामा नजाने देखिन्छ। नबिलको सेयर आइतबारकै हिसाबले बढ्यो भने केही दिनमै १५ सय हाराहारी पुग्ने देखिन्छ। 

नबिल बैंकमा ६५ प्रतिशत सेयर स्वामित्व रहेको विनोद चौधरीले एनबी बैंकको पनि श्रीमती सारिका चौधरीको नाममा ४१ प्रतिशत सेयर खरिद गरेम मर्जमा लागेका छन्। नबिल बैंकले ३५ प्रतिशत बोनस सेयर दिएकोले चुक्ता पुँजी १८ अर्ब पुग्दै छ। नबिलले गत आर्थिक वर्ष चार अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो।

३८ प्रतिशत लाभांश घोषणा गरेको छ। १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर दिएर थप पुँजी वृद्धि गरिँदैछ। अब चुक्ता पुँजी १८ अर्ब ४९ करोड पुग्ने छ। यता एनबीको पनि चुक्त पुँजी ११ अर्ब भन्दा बढी हुदैछ। यस कारण दुई बैंक मर्जपछि २९ अर्ब चुक्ता पुँजी हुने छ। 

अबको एक साताभित्रै सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ। जसमा स्वाप रेसियोको विषय भने दुवै बैंकको सम्पत्ति मूल्यांकन (डीडीए) गरेपछि मात्रै अगाडि बढ्ने छ।

बैंकको भने कम्तिमा आगामी तीन वर्ष लाभांश ३० प्रतिशतमाथि हुनेछ। जसका कारण पनि नबिलको सेयरमा झनै आकर्षण बढ्ने छ। दुई बैंक मर्जपछि बैशाखभित्रै एकीकृत कारोबार गर्नेगरी काम गरिरहेका छन्। 


प्रकाशित : सोमबार, पुस १९ २०७८०१:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend