शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

सरकारले विश्वासको मत लिएपछि मात्र सरुवा तथा नियुक्तिको काम अघि बढ्ने

images
आइतबार, साउन ६ २०८१
images
images
सरकारले विश्वासको मत लिएपछि मात्र सरुवा तथा नियुक्तिको काम अघि बढ्ने

आफ्नै पार्टीका मन्त्री भएका मन्त्रालयमा पनि आफूलाई मनपर्ने सचिव पठाउन प्रधानमन्त्री केपी शर्मा ओली चासो राख्छन्।

images
images

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिएपछि मन्त्रालयका सचिवहरूको व्यापक सरुवा गर्ने तयारी गरेका छन्।

images
images

विश्वासको मत नलिँदासम्म सरुवा, बढुवा तथा नियुक्तिका निर्णय नगर्ने उल्लेख गरेका ओलीले आजै विश्वासको मत लिँदैछन्। आज विश्वासको मत पाएपछि मन्त्रालयको प्रशासकीय टिम निर्माणमा जुट्ने सरकारको तयारी छ।

images
images

शक्तिशाली भनिएका मन्त्रालयमा जानका लागि सचिवहरू बीचमा हानाथाप र लविङ तीव्र भइरहेको छ। ‘मन्त्रालयहरूमा नयाँ मन्त्री आएपछि मन्त्रीहरू बधाइ थाप्नमा व्यस्त हुँदा प्रशासकीय नेतृत्व भने अन्यौलमा परेको छ। सरुवाका लागि लविङ चलिरहेको छ’, एक उच्च अधिकारी भन्छन्।

images
images
images

निजामती कर्मचारीका राजनीतिक युनियनहरू पनि यतिबेला सक्रिय भएका छन्। निजामती कर्मचारीमा एमाले निकट संगठन शक्तिशाली मानिन्छ। एमाले सरकारमा गएपछि आफ्नो पार्टीको मन्त्री भएको ठाउँमा संगठनकै कर्मचारी खटाउनका लागि विशेष लविङ गर्दै आएको छ। कतिपय अवस्थामा सचिव सरुवामै संगठनले भूमिका खेल्दै आएको छ।

आज विश्वासको मत लिएपछि अब सरुवाको ढोका खुल्ने छ। ढोका खुल्ने भएसँगै सचिवहरूले विशेष तीव्रता बढाएका छन्। अपेक्षित मन्त्रालयमा जानका लागि उनीहरूले सक्रियता बढाएका हुन्।

प्रधानमन्त्री ओली आफै सचिव व्यवस्थापनमा चासो राख्छन्। अझ गठबन्धन सरकारमा फरक पार्टीका मन्त्री भएका मन्त्रालयमा त झन् आफू निकट सचिव पठाउन रुचि राख्छन्। आफ्नै पार्टीका मन्त्री भएका मन्त्रालयमा पनि आफूलाई मन पर्ने सचिव पठाउन चासो राख्छन्।

सचिव सरुवाको विन्डो खुलेपछि विशेषगरी अर्थ, गृह, भौतिक, सञ्चारजस्ता मन्त्रालयमा सचिवहरूको चासो रहन्छ। अर्थ मन्त्रालयमा अहिलेका राजस्व सचिव रामप्रसाद घिमिरे आफै अर्थसचिवको दौडमा रहेका छन्।

त्यस्तै अख्तिारमा रहेका रामप्रसाद दंगाल पनि अर्थ मन्त्रालय आउन खोजिरहेका छन्। त्यस्तै गृहमा एकनारायण अर्यालकै निरन्तरता प्रधानमन्त्रीकै चाहना भए पनि प्रधानमन्त्री कार्यालयमा रहेका कृष्णहरि पुष्कर, महालेखानियन्त्रक रहेका विनोदबहादुर सिंहको पनि गृहमा चासो देखिन्छ।


प्रकाशित : आइतबार, साउन ६ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend