शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

१० मूल्यवान कार कम्पनी, दुईवटा विद्युतीय

images
आइतबार, साउन ६ २०८१
images
images
१० मूल्यवान कार कम्पनी, दुईवटा विद्युतीय

पछिल्लो पटक त विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरु पनि सयौँ वर्ष कार बनाएर ख्याति कमाएका कार कम्पनीभन्दा बढी चर्चित भइसकेको छन्। यसका उदाहरणको रुपमा अमेरिकी कम्पनी टेस्ला र चिनियाँ कम्पनी बीवाईडी हुन्।

images
images

काठमाडौं- निजी कार धेरैको चाहनाको विषय हो। धनी देशका नागरिकहरूका लागि विलासी बाहेकका कार सामान्य नै हुन्। तर नेपालजस्तै विकासको ढोका ढकढक्याउँदै गरेका मुलुकको नागरिकका लागि सामान्य निजी कार ‘स्टाटस सिम्बोल’ हो। 

images
images
images

संसारभर कहलिएका सयौँ कार उत्पादक कम्पनीहरू छन्। मास मार्केट कार उत्पादन गर्ने सुजुकी, हुन्डाई, टाटा, कियोदेखि विलासी त्यो पनि सीमित संख्यामा कार बनाउने लिम्बर्गिजी, फरारी, लिंकन, बुगाटी, रोल्स रोयस पनि छन्। 

कुनै सवारी उत्पादनक कम्पनी सस्तो कार बनाएर चर्चिन छन् त कुनै महँगो र शक्तिशाली कार बनाएर चर्चित छन्। पछिल्लो पटक त विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरू पनि सयौँ वर्ष कार बनाएर ख्याति कमाएका कार कम्पनीभन्दा बढी चर्चित भइसकेको छन्। यसका उदाहरणको रुपमा अमेरिकी कम्पनी टेस्ला र चिनियाँ कम्पनी बीवाईडी हुन्। 

images

यहाँ भने कम्पनीको बजार पुँजी करणका आधारमा १० मूूल्यवान कार कम्पनीको बारेमा उल्लेख गरिएको छ। मनीकन्ट्रोल डटकमका अनुसार २०२४ मा संसारभर रहेको कार उत्पादक कम्पनीमध्ये बजार पुँजीकरणका आधारमा १० उत्कृष्ट कम्पनीहरू :

images

१०. फोर्ड 

Most Valuable Car.jpg

अमेरिकी कम्पनी फोर्डका कार संसारभर उपलब्ध रहेको छ। फोर्डका कार नेपाली बजारमा समेत बिक्री भइरहेको छ। विश्वभर विद्युतीय सवारीका माग बढ्दै गएकाले फोर्ड पनि ठूलो लगानीसहित विद्युतीय कार उत्पादनमा आक्रामक रुपमा लागेको हो। फोर्डका बजार पुँजीकरण ५७ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ। 

९. फक्सवागन

Most Valuable Car.jpg

फक्सवान जर्मन कार उत्पादक कम्पनी हो। जर्मनीमा पिपल्स कार कम्पनीका रुपमा स्थापना भएको फक्सगानले हाल संसारभर आफ्नो उत्पादन बिक्री गरिरहेको छ। फक्सवागनका कार नेपाली बजारमा पनि उपलब्ध छन्। मास मार्केट कारदेखि महँगो कार बनाउने फक्सवागन पनि विद्युतीय कार उत्पादनमै केन्द्रित भएको छ। हाल फक्सवागनको मार्केट क्यप ६० अर्ब १० करोड अमेरिकी डलर रहेको छ। 

८. स्टेलेन्टिस

Most Valuable Car.jpg

फियाट क्राइसलर अटोमोबाइल र पीएसए ग्रुप मिलेर केही वर्षअघिमात्र स्टेलेन्टिस कम्पनी बनेको थियो। यो कम्पनी अन्तर्गत दर्जभन्दा बढी ब्रान्डका कार उत्पादन हुन्छन्। स्टेलेन्टिसअन्तर्गतका जिप, सिट्रोनलगायन कार नेपाली बजारमा उपलब्ध छन्। दुई ठूला सवारी उत्पादन मिलेर बनेको स्टेलेन्टिस अटोमोबाइलमा ग्लोबल प्लेयर बनोर आएको छ। यो कम्पनीको मार्केट क्याप ६० अर्ब ३६ करोड अमेरिकी  डलर रहेको छ। 

७. बीएमडब्लू

Most Valuable Car.jpg

बीएमडब्लू जर्मन विलासी कार उत्पादक कम्पनी हो। विद्युतीय सवारी उत्पादनमा अलि अघिदेखि नै लागिपरेको बीएमलब्लूका विद्युतीय तथा आईसी इन्जिन कार नेपाली बजारमा पनि उपलब्ध छन्। अझै थुप्रै विद्युतीय कार मोडल ल्याउने तयारी गरेको बीएमडब्लूको मार्केट क्याप ६२ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ। 

६. पोर्सा

पोर्सा पनि जर्मनीको कार ब्रान्ड हो। पोर्साले विशेषगरी विलासी स्पोर्टस कार उत्पादन गर्दै आएको छ। पोर्सा राम्रो ब्रान्ड भ्यालू भएको कम्पनी हो भने हाल यो कम्पनी पनि विद्युतीय कार उत्पादनमा केन्द्रित छ। पोर्साको शक्तिशाली विद्युतीय कार टाइकन नेपाली बजारमा पनि हालै भित्रिएको थियो। पोर्साको मार्केट क्याप ७१ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ। 

५. मर्सिडिज बेन्ज 

Most Valuable Car.jpg

मर्सिडिज बेन्ज चर्चित जर्मन विलासी कार निर्माता कम्पनी हो। विगतमा आधिकारिक बिक्रेतामार्फत नै नेपाली बजारमा उपलब्ध रहेको मर्सिडिजका कार हाल भने आयाकर्ता परिवर्तनको समस्याले आयात हुन सकिरहेको छैन। विलासी कार बजारको मुख्य खेलाडी मर्सिडिजका विलासीता, आविष्कार र प्रविधिमा अब्बल रहिआएको छ। हाल मर्सिडिज बेन्जको मार्केट क्याप ७४ अर्ब ३० करोड डलर रहेको छ। 

४. फरारी

इटाालियन विलासी स्पोर्टस कार निर्माता कम्पनी हो फरारी। अन्य अटोमोबाइल कम्पनी तुलनामा फरारीका कार निक्कै साना संख्यामा उत्पादन हुँदै आएको छ। हालसम्म फरारीका कार नेपाली बजारमा औपचारिक रुपमा बिक्रीका लागि भित्रिएको छैन। निक्कै महँगो कार उत्पादन गर्ने फरारीको मार्केट क्याप ७५ अर्ब ९० करोड अमेरिकी डलर रहेको छ। 

३. बीवाईडी

Most Valuable Car.jpg

विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले हाल विश्व बजारमा तहल्क मच्चाइ रहेको छ। विद्युतीय कार उत्पादन संख्यामा अहिले बीवाईडी विश्वको पहिलो कम्पनी हो। बीवाईडीले केही समयअघिमात्र टेस्लालाई उछिनेर पहिलो विद्युतीय कार उत्पादन कम्पनी बन्न सफल भएको हो। नेपालमा पनि बीवाईडीका विद्युतीय कार ठूलो संख्यामा बिक्री भइरहेको छ। मास मार्केट विद्युतीयदेखि प्रिमियम विद्युतीय कारसम्म बीवाईडीले उत्पादन गरिरहेको छ। विश्व अटोमोबाइल मानचित्रमा मूल्यवान कार ब्रान्ड बन्ने पहिलो चिनियाँ कार उत्पादकसमेत हो बीवाईडी। हाल बीवाईडीको मार्केट क्याप १ खर्ब १० करोड अमेरिकी डलर रहेको छ। 

२. टोयोटा

Most Valuable Car.jpg

जापानी कार उत्पादक कम्पनी टोयोटा अहिले पनि संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक/बिक्रेता कम्पनी हो। टोयोटाका कार नेपाली बजारमा धेरै पहिलेदेखि बिक्री हुँदै आएको छ। विद्युतीय कार उत्पादनतर्फ नलागेको आरोप खेप्दै आएको टोयोटा हाइब्रिड प्रविधियुक्त कारको जननी हो। विश्वभरका मध्यम वर्गीयहरूको पहिलो रोजाइमा टोयोटाको कार पर्छ। हाल टोयोटाको मार्केट क्याप २ खर्ब ७१ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ। 

१. टेस्ला 

Most Valuable Car.jpg

पछिल्लो दुई दशकयताको सबैभन्दा चर्चित कम्पनी टेस्ला हो। अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले विद्युतीय सवारी र त्यसमा प्रयोग भएको अत्याधुनिक विशेषताका कारण संसारभर तहल्का मच्चाइरहेको छ। टेस्लाका सीईओ एलन मस्कका कारण पनि यो कम्पनीले थप चर्चा पाइरहेको छ। प्रिमियम विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। विश्व विद्युतीय कार उद्योगमा टेस्लाले नयाँ आयाम थपेको छ। टेस्ला बजार पुँजीकरणका आधारमा संसारको सबैभन्दा मूल्यवान कम्पनी हो। हाल टेस्लाको मार्केट क्याप ७ खर्ब ९४ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ।  


प्रकाशित : आइतबार, साउन ६ २०८१०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend