बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

भूकम्पपीडितलाई १८ लाख सहयोग

images
शनिबार, साउन ५ २०८१
images
भूकम्पपीडितलाई १८ लाख सहयोग

भूकम्पप्रभावित क्षेत्रका सदस्यलाई आर्थिक रुपमा केही सहज होस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको संस्थाले जनाएको छ।

images
images

रुकुमपश्चिम- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुमपश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख रूपैयाँ सहयोग गरेको छ।

images
images
images

आज संस्थाले यहाँ आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १० हजार रूपैयाँका चेक हस्तान्तरण गरिएको हो। 

images
images

जिल्लाका आठबिसकोट र मुसिकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका गरी एक सय ७९ जना संंस्थामा आबद्ध सदस्यलाई  १० हजार रूपैयाँका दरले १७ लाख ९० हजार रूपैयाँ सहयोग गरिएको कालिका लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत फनिन्द्र पाण्डेले जानकारी दिए।

images
images

उनका अनुसार भूकम्पप्रभावित क्षेत्रका सदस्यलाई आर्थिक रुपमा केही सहज होस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको हो।

कालिका लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सदस्यलाई सहयोग गरेको पाण्डेले बताए। सामाजिक उत्तरदायित्व कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले जनाए। रासस


प्रकाशित : शनिबार, साउन ५ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend