शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बाढीले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध

images
शनिबार, साउन ५ २०८१
images
images
बाढीले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध

स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दा बढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेका छन्।

images
images

गुल्मी- बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन्। गत असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका-८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन्।

images
images
images

स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन्।

बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रिय प्रसारणको लाइन जोड्नका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए।

images

यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्यांकन गर्न सुरु गरेको उनको भनाइ छ। बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युतको नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए।

images

नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका, बागलुङको बढिगाड गाउँपालिका र गल्कोट नगरपालिकासहित त्यस क्षेत्रका आठ हजार भन्दाबढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ।

उक्त क्षेत्रमा परोपकार लघुजलविद्युतबाट एक सय ३५ किलोवाट र दरमखोला लघु जलविद्युतबाट ५० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो। खोलामा पानीको बहाव धेरै भएका कारण वर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको बताइएको छ। स्थानीयले उपभोग गर्दै आएको विद्युत् सेवा बन्द भएपछि त्यस क्षेत्रका नागरिकलाई मोबाइल चार्ज गर्नेदेखि अन्य सञ्चार र उद्योग उपकरण सञ्चालनमा थप समस्या उत्पन्न भएको छ। रासस 


प्रकाशित : शनिबार, साउन ५ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend