बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

मनसुनी विपद् : मृतकका परिवारलाई दुई लाख रूपैयाँका दरले राहत निकासा

images
शनिबार, साउन ५ २०८१
images
मनसुनी विपद् : मृतकका परिवारलाई दुई लाख रूपैयाँका दरले राहत निकासा

मनसुनको अवधिमा सबै प्रकृतिका विपद्‌मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ।

images
images

काठमाडौं- मनसुनी विपद्‌मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप दुई लाख रूपैयाँका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख रूपैयाँ निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्‍याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन्।

images
images

मनसुनको अवधिमा सबै प्रकृतिका विपद्‌मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ। त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ। मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ।

images
images

प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुंगा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए। शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ।

प्रतिवेदनअनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजार रूपैयाँसम्म वितरण गरिएको जनाइएको छ। प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्यांकेट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एकसय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्यांकेट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ ।

उनले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिए। यसपाली बढी वर्षा हुने आकलन रहेको  थियो। मनसुनको सुरुवात महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ। रासस


प्रकाशित : शनिबार, साउन ५ २०८११२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend