आइतबार, भदौ २३ गते २०८१    
images
images

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

images
शनिबार, साउन ५ २०८१
images
images
सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले जम्मा चार खर्ब ५२ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा तीन खर्ब ५८ अर्ब दुई करोड ९५ लाख रूपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड रूपैयाँ नाघेको छ।

images
images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रूपैयाँ सरकारी ऋण थपिएको छ। कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड रूपैयाँ बराबर रहेको सरकारी ऋण २०८१ असार समान्तसम्म बढेर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख रूपैयाँ पुगेको हो।

वैदेशिक मुद्राको समायोजनपछिको बाँकी ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख बराबर छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२ दशमलव ६५ प्रतिशत बराबर हो।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख अर्थात् जीडीपीको २० दशमलव ७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख अर्थात् जीडीपीको २१ दशमलव ९५ प्रतिशत पुगेको छ।

images

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले जम्मा चार खर्ब ५२ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा तीन खर्ब ५८ अर्ब दुई करोड ९५ लाख रूपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९ दशमलव ०८ प्रतिशत छ। 

गत आर्थिक वर्षका लागि ऋण परिचालनको लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति ९७ दशमलव ६८ र बाह्य ऋण ५८ दशमलव १० प्रतिशत रहेको छ। आन्तरिकतर्फ दुई खर्ब ४० अर्ब रूपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा दुई खर्ब ३४ अर्ब ४२ करोड रूपैयाँ उठाइएइको छ भने बाह्यतर्फ दुई खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा एक खर्ब २३ अर्ब ६० करोड रूपैयाँ बराबर उठाइएको हो।

गत आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि तीन खर्ब ३० अर्ब रूपैयाँ वार्षिक बजेट विनियोजन भएकोमा गत असार मसान्तसम्म तीन खर्ब पाँच अर्ब ३७ करोड ७१ लाख रूपैयाँ बराबर भुक्तानी भएको छ। यो वार्षिक विनियोजनको आधारमा ९२ दशमलव ५४ प्रतिशत बराबर हो।

कुल गार्हस्थ्य उत्पादनको आधारमा कुल ऋण सेवा खर्च पाँच दशमलव ३५ प्रतिशत बराबर हो। गत आर्थिक वर्षमा सरकारले दुई खर्ब २३ अर्ब ३४ करोड साँवा भुक्तानी गरेको छ भने ८२ अर्ब तीन करोड १७ लाख रूपैयाँ बराबर ब्याज भुक्तानी गरेको छ। रासस


प्रकाशित : शनिबार, साउन ५ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend