आइतबार, भदौ २३ गते २०८१    
images
images

सेनाद्वारा एक हजार चारसय किलोमिटर सडक निर्माण

images
शनिबार, साउन ५ २०८१
images
images
सेनाद्वारा एक हजार चारसय किलोमिटर सडक निर्माण

हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ।

images
images

काठमाडौं- नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ। सो अवधिमा जडान गरिएका ३८ बेलिब्रिज र सडक विभागलाई हस्तान्तरण गरिएको छ।

images
images
images

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ। नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए।

हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ। त्यसको कुल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ। त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर-दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन्।

हाल निर्माणाधीन आयोजना दार्चुला-तिंकर ७९ किमी, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर-बगर-दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी-किमाथांका (च्याम्ताङ-घोघप्पा खण्ड) १०.५१ किमी हुन्। मुलुकको सर्वाधिक महत्वको काठमाडौं-तराई-मधेस द्रुतमार्ग आयोजना (७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताए।

images

सेनाले यसअघि सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिञ्चु-जाजरकोट ४५ किमी, बेँसीसहर-चामे ६५ किमी, नाग्मा-गमगढी ९४ किमी सडकको ट्र्याक खोलेको थियो।

काठमाडौं-तराई-मधेस द्रुतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ-स्याफ्रुबेंसी १७ किमी, जाजरकोट-डोल्पा दुनै ११७ किमी, कालीगण्डकी करिडोर(गुल्मी-बागलुङ खण्ड ७५ किमी) र कडाली करिडोर (खुलालु-लैफू-सलिसल्ला खण्ड १२२ किमी) पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन्। रासस


प्रकाशित : शनिबार, साउन ५ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend