बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

राजविराजका १२३ ठाउँमा सीसी क्यामेरा जडान

images
शनिबार, साउन ५ २०८१
images
राजविराजका १२३ ठाउँमा सीसी क्यामेरा जडान

राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यांकी रोडसहितका ठाउँमा निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको हो।

images
images

सप्तरी- उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएका छन्।

images
images
images

गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको ५० लाख रूपैयाँ बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामेरा जडान गरिएका छन्।

images
images

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएका हुन्। राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यांकी रोडसहितका ठाउँमा निगरानी गर्न सीसी क्यामेरा जडान गरिएका हुन्।

images
images

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिए। जडान गरिएका क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उनले बताए। बजारलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको उनको भनाइ छ।

राजविराज नगर क्षेत्रमा जडान गरिएका सीसी क्यामेराका माध्यमबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रण गर्न मद्दत पुग्ने प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए। रासस


प्रकाशित : शनिबार, साउन ५ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend