बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

वीरगञ्ज महानगरको राजस्व लक्ष्यभन्दा कम, एक वर्षमा ६१ करोड संकलन

images
शनिबार, साउन ५ २०८१
images
वीरगञ्ज महानगरको राजस्व लक्ष्यभन्दा कम, एक वर्षमा ६१ करोड संकलन

'गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व संकलनमा पनि परेको छ', राजस्व महाशाखा प्रमुखले भने।

images
images

पर्सा- वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ रूपैयाँ राजस्व संकलन गरेको छ। महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो।

images
images
images

महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व संकलन गरेको बताए।

images
images

'आर्थिक मन्दीले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ', उनले भने, 'आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो।'

images
images

राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए। 'गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व संकलनमा पनि परेको छ', उनले भने।

महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ। सो शीर्षमा  महानगरले २० करोड छ लाख ८४ हजार राजस्व संकलन गरेको छ। त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार रूपैयाँ आम्दानी गरेको छ। 

चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन

महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ। महानगरले पुँजीगततर्फ एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो। त्यस्तै चालु खर्चतर्फ दुई अर्ब ५६ करोड ५८ लाख बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रूपैयाँ रकम खर्च गरेको छ। रासस


प्रकाशित : शनिबार, साउन ५ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend