आइतबार, भदौ २३ गते २०८१    
images
images

मनाङ तिमाङ खोलामा काठेपुल निर्माण, यातायात सेवा सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
images
मनाङ तिमाङ खोलामा काठेपुल निर्माण, यातायात सेवा सञ्चालन

तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको छ। तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्‍याउँदा सञ्चालन आउन सकेको थिएन।

images
images

मनाङ- हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे-बेँसीसहर-चामे सञ्चालनमा आएको छ।

images
images
images

अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका-१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो। 

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे-बेँसीसहर-चामे सडक सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो।

'तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ। डुम्रे-बेँसीसहर-चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ। मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ। जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ' उनले भने। 

images

प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताए। तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्‍याउँदा सञ्चालन आउन सकेको थिएन। यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे-बेँसीसहर-चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए। 

अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ।

पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उनले बताए। चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उनले जनाकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन ४ २०८११९:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend