आइतबार, भदौ २३ गते २०८१    
images
images

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
images
कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातीका ६० हजार, फुल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन्।

images
images

कञ्चनपुर- डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य सुरु गरेको छ।

images
images
images

सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य सुरु गरेको हो। 

फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ। गत आबमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन्।

शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए।

images

'सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ' उनले भने, 'पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन्।'

बिरुवाको नर्सरीमा स्टक रहन्जेलसम्म चालु आवभित्र बिरुवा वितरणकार्य गरिने छ। फूल प्रजातीका बिरुवा रोप्ने सर्वसाधारणलाई पनि बिरुवा उपलव्ध गराइने कार्य भइरहेको छ।

वन कार्यालयको नर्सरीमा उत्पादन भएका बहुवर्षीय बिरुवा नीजि कृषक, सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समुहले तोकिएको ढाँचामा  १० रुपैयाँको टिकट टाँस गरिएको निवेदन बिरुवा वितरण कक्षमा दर्ता गरी लैजान पाइने छ।

दश वटासम्म बिरुवाका लागि नागरिकताको प्रतिलिपि, निवेदन र दश बिरुवाभन्दा बढीका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिनुपर्ने छ। 

डिभिजन वन कार्यालय कञ्चनपुरले तीन लाख ६० हजार विभिन्न प्रजातीका बिरुवा नर्सरीमा  उत्पादन गरेको छ। कार्यालय परिसरमै नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएका छन्।

वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातीका ६० हजार, फुल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन्। 

जिल्लामा बिरुवाको माग उत्पादन गरेभन्दा दोव्वर बढी भएपनि सीमित बजेटका कारण डिभिवन वन कार्यालयले थोरै मात्रै बिरुवा उत्पादन गर्दै आएको जनाएको छ। केही ठाउँमा नगरपालिकाको बजेटमा बिरुवा उत्पादनकार्य गरिएको छ। 

प्रतिवर्ष तीन लाखदेखि सात लाखसम्म बिरुवा उत्पादनकार्य हँदै आएको छ। प्रतिवर्ष निन्तररुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्नेकार्यले अबको १० वर्षमा वन माथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ। 

राष्ट्रिय वनको पैदावारले बढदो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले नीजि क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति ल्याइएको सूचना अधिकारी अवस्थीको भनाइ रहेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ४ २०८११८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend