काठमाडौं- कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्नका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले आगामी पुस २६ गते बुक क्लोजको मिति तय गरेको हो। २५ गतेसम्म कायम सेयरधनीले १ः१.५ रेसियोमा हकप्रद भर्न पाउने छन्। १ कित्ता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर हुनेले साढे १ कित्ताका दरले सेयर भर्न पाउने छन्।
बैंकले ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। नेपाल धितोपत्र बोर्डले गत पुस १ गते हकप्रदको लागि अनुमति दिएको थियो। बैंकको आइतबार सेयर मूल्य समेत प्रतिकित्ता ६५.६० रुपैयाँले बढेर ९१७ रुपैयाँ कायम भएको छ।
आइतबार २६ हजार ७ सय ३३ कित्ता कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा अधिकतम ११५५ रुपैयाँमा कारोबार भएको कम्पनीको न्युनतम सेयर मूल्य भने २०७ रुपैयाँ रहेको थियो। ४१ करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रदपछि ७१ करोड चुक्ता पुँजी पुग्ने छ।