आइतबार, भदौ २३ गते २०८१    
images
images

वीरगञ्जका दुई भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन्

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
images
वीरगञ्जका दुई भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन्

बढ्दो व्यपार घाटाकै कारण निर्धारित लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिए पनि दुवै कार्यालयले २ खर्ब बढी राजस्व संकलन गरेको जनाएका छन्।

images
images

पर्सा- राजश्व संकलनको दृष्टीले मुलुककै दुई ठूला भन्सार वीरगञ्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएका छन्। 

images
images
images

बढ्दो व्यपार घाटाकै कारण निर्धारित लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिए पनि दुवै कार्यालयले २ खर्ब बढी राजस्व संकलन गरेको जनाएका छन्। 

समग्रमै घटेको व्यापार तथा राजश्व असुली लक्ष्य ठूलो हुदा पनि यी भन्सारले अघिल्लो आर्थिक वर्ष भन्दा बढीनै राजश्व संकलन गरेका हुन्। वार्षिक राजश्व असुली लक्ष्य भेट्टाउन भने दुबै भन्सार असफल भएका छन्।

वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा १ खर्ब ५७ अर्ब ३४ करोड रुपैया राजश्व संकलन गरेको छ। जुन लक्ष्यको ६४ प्रतिशत हो।

images

मुलुककै सर्वाधिक राजश्व संकलन गर्दै आएको यो भन्सारले गत आर्थिक वर्षमा २ खर्ब ४५ अर्ब ८६ करोड रुपैयाँ राजश्व असुलीको विशाल लक्ष्य पाएको थियो। 

कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले गत आवमा अघिल्लो आवको तुलनामा राजश्व असुली लक्ष्य घट्नुको साथै समग्रमै व्यापार घट्दासमेत अघिल्लो आवभन्दा बढी नै राजश्व संकलन गर्न सफलता मिलेको बताए।

अघिल्लो आवमा यो भन्सारले १ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो। त्यसवर्ष २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो।

गत आवमा राजश्वमा सर्वाधिक योगदान गर्ने वस्तुहरू सवारी साधन, इन्धन, कोइला, क्रुड आयल आदिको आयात घटेकाले राजश्व असुलीमा त्यसको प्रत्यक्ष असर परेको ढुंगानाको भनाइ छ। 

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आवमा ४७ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। जुन वार्षिक असुली लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत हो। भन्सार बिभागले गत आवमा ६५ अर्ब ९४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य यो भन्सारलाई दिएको थियो। 

अघिल्लो आवमा यो भन्सारले ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ राजश्व असुली गरेको थियो। उक्त आवमा ६७ अर्ब ४३ करोड ८६ लाख रुपैया राजश्व असुलीको लक्ष्य यो भन्सारले पाएको थियो।

बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले समग्रमै आयात र व्यापार समेत घटेको अवस्थामा पनि गत आवमा अघिल्लो आवको तुलनामा ११ दशमलव ७५ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको बताए। 

गत वर्ष राजश्व असुलीमा योगदान गर्ने प्रमुख वस्तुहरूमा मदिरा, कोइला आदि हुन्। बिगतमा राजश्वमा सर्वाधिक योगदान गर्ने वस्तु फलामको योगदान गत वर्ष घटेको उनले बताए। 

‘समग्रमा व्यापार घटेपनि हामी अघिल्लो आव भन्दा गत आवमा बढी राजश्व संकलन गर्न सफल भएका छौँ,’ उनले भने, ‘लक्ष्य नभेट्टाउनु एउटा पाटो हो, अघिल्लो वर्ष भन्दा बढी राजश्व संकलन गर्न सफल हुनु पक्कै पनि आफैमा सफलता हो।’

आर्थिक मन्दीले फलाम उद्योग धराशायी भएकै कारण यसको असर मुख्यतः भन्सार कार्यालयमा परेको छ। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend