काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार रूपैयाँ घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार आठ सय रूपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ सय ८ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबारको तुलनामा चाँदी प्रतितोला ३० रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।