शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात

सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको जनाएको छ।

images
images

काठमाडौं- नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ नगद मौज्दात रहेको सेनाले जनाएको छ। 

images
images
images

सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात ७१ अर्ब ५ करोड ६१ लाख रहेकामा यस वर्ष ४ अर्ब ८५ करोड २७ रुपैयाँ वृद्धि भएको जानकारी दिएका छन्। 

images
images

कोषअन्तर्गतका विभिन्न निकायमा गत असार मसान्तसमम गरिएको लगानी ६ अर्ब ७९ करोड ८६ लाख (लेखापरीक्षणअगावै)लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुग्ने उनले जानकारी दिए। 

images
images

कोषमा मुख्यगरी संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र सङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टगरी जम्मा गरिँदै आइएको छ।

यस्तै बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयको शिक्षण शुल्क, परिवार आवास भाडाबापतको रकम, आयमूलक परियोजनाबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराउने टिकटबाट प्राप्त रकम कोषमा जम्मा गरिने सेनाले जनाएको छ। 

सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको जनाएको छ।

कोषबाट आर्थिक वर्ष २०८०/८१ मा छ लाख ३२ हजारभन्दा बढीले स्वास्थ्य सेवा तथा १८ हजार सात सय ४८ जनाले कृषि तथा व्यावसायिक पशुपन्छी, तरकारीखेती, लघुउद्यमशील तालिम लिइ स्वरोजगार र रोजगारी प्राप्त गरेका छन्। 

कोषको जोखिममा रहेको निक्षेप रकमलाई उल्लेख्य मात्रामा घटाइएको सहायक रथी केसीले जानकारी दिए। विगतका वर्षमा जोखिममा रहेको निक्षेप रकम ८५ करोडलाई घटाएर पाँच करोड दुई लाखमा झारिएको उनको भनाइ छ। विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका कारणले निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट असुली हुन नसकेको केसीले स्पष्ट पारे। 

कोष र अन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु आठ करोड चार लाख ३७ हजार रहेकामा गत जेठ मसान्तसम्म तीन करोड २६ लाख ३६ हजार फछ्र्योटगरी लगत कट्टाका लागि अनुरोध गरिएको निर्देशनालयले जनाएको छ। बाँकी बेरुजु चार करोड ७७ लाख ७४ हजार फछ्र्योटका क्रममा रहेको निर्देशक केसीले जानकारी दिए। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend