शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

बारामा धान उत्पादन ६ हजार मेट्रिकटन बढ्यो

images
images
बारामा धान उत्पादन ६ हजार मेट्रिकटन बढ्यो
images
images

बारा- यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ। समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने ६ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो। 

images
images
images

कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ६२ हजार ७४‍.२५ मेट्रिकटन धान उत्पादन भएको छ। अघिल्लो वर्ष दुई लाख ५६ हजार ३८९.२५ मेट्रिक टन धान उत्पादन भएको थियो। यो गत वर्षको तुलनामा ६ हजार ३५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो। 

images

चालु आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी एक लाख ४१ हजार ५७७‍.२५ मेट्रिक टन, भदैया ५१ हजार १९१.५  मेट्रिक टन र चैते धान ६९ हजार ९७२.५  मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा अगहनी ३४ हजार ११२ हेक्टर, भदैया ११ हजार ९०५ हेक्टर र चैते १५ हजार १०५ गरि कूल ६१ हजार १२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। 

images

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २०१.२५ मेट्रिक टन, भदैया ५४ हजार ८८२.६ मेट्रिक टन र चैते धान ५३ हजार ३०६ मेट्रिक टन उत्पादन भएको थियो। यसका लागि अगहनी १४ हजार १६५ हेक्टर, भदैया ११ हजार ९३१ हेक्टर र चैते १२ हजार ११५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषि विज्ञ मण्डलले जानकारी दिए। 

images
images

बारामा कूल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन रहेको छ। तीमध्ये चुरेपहाडतर्फ ९९५, तराईतर्फ ६१ हजार ८१८ गरि कूल ६२ हजार ८२३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ। तीमध्ये सात हजार १४० हेक्टर जमिन बाँझो रहेको छ भने वर्षैभरी सिञ्चित हुने ३३ हजार १३२ र आंशिक सिञ्चित हुने २९ हजार ६९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ। रासस

images

प्रकाशित : आइतबार, पुस १८ २०७८०९:३१

प्रतिक्रिया दिनुहोस