बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

बाढीपहिरोलगायत विपद्‌मा परी आजसम्म १२५ जनाको मृत्यु, ८ जना बेपत्ता

images
बिहीबार , साउन ३ २०८१
images
बाढीपहिरोलगायत विपद्‌मा परी आजसम्म १२५ जनाको मृत्यु, ८ जना बेपत्ता

विपद्‌‌बाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन्। बाढीको कारणमात्रै एकसय ८२ घर डुबानमा परेका छन्।

images
images

काठमाडौं- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्‌मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ। 

images
images
images

विपद्‌मा परी काठमाडौंमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

images
images

उनका अनुसार विपद्‌मै परी काठमाडौंमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन्। 

images
images

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए।

उनले भने, 'बाढीपहिरोलगायत विपद्‌मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ।' सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्यांक यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ। बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। 

दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई  सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्‌मा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन्। रासस


प्रकाशित : बिहीबार , साउन ३ २०८११८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend