शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा साताको पहिलो दिन नै भारी अंकको वृद्धि, विश्लेषक भन्छन्- घट्दो ट्रेन्ड सकियो

images
आइतबार, पुस १८ २०७८
images
सेयर बजारमा साताको पहिलो दिन नै भारी अंकको वृद्धि, विश्लेषक भन्छन्- घट्दो ट्रेन्ड सकियो
images
images

काठमाडौं- साताको पहिलो दिन नै सेयर बजार भारी अंकले बढेको छ। गत साता उतार चढावमै वितेको भएपनि यो साताको पहिलो दिन आइतबार भने बजारले सुखद सुरुवात गरेको हो। 

images
images
images

आइतबार नेप्सेपरिसूचक ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको हो। ७१ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको हो। १६८ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको भने सेयर मूल्य घटेको हो।

images
images

गत साताभरमा बजार जम्मा ४ अंकले मात्रै बढेको थियो। अघिल्लो साता भने बजार २ सय अंकभन्दा बढीले बढेको थियो। 

images
images

सेयर विश्लेषकहरूले सेयर बजारमा उच्च अंकबाट धेरै तल झरिसकेकोले अब बजार बढ्ने दाबी गरेका छन्। उनीहरूले बजार बेयरिसमा नगएकोले पुनः माघ लागेपछि बजारले गति लिने समेत बताएका छन्। 

आइतबार बजार बढेको भएपनि व्यापक उतारचढाव हुने नदेखिएको सेयर विश्लेषक अम्बिका प्रसाद पौडेल बताउँछन्। ‘बजार अहिले पनि बेयरिसमा गएको छैन,’ उनले भने, ‘पुसको अन्तिम साता वा माघको पहिलो सातापछि मात्रै बजारको अवस्थामा आँकलन गर्न सकिने छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन।’ 

बजारमा अहिले ठूलो उत्तरचढाव देखिने अवस्था नहरेको उनको तर्क छ। माघको पहिलो साता वा पुसको अन्तिम सातामा मात्रै बजारले लिने अबको बाटोका विषयमा विश्लेषण गर्न सकिने पौडेल बताउँछन्।

तरलता अभावको विषय कसरी सम्बोधन हुन्छ, बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ जस्ता विषयले अहिले नै बजारको विषयमा विश्लेषण गर्न नसकिने अवस्थामा पुगको हो।


प्रकाशित : आइतबार, पुस १८ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend