बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन

images
बिहीबार , साउन ३ २०८१
images
कोइलाबास भन्सारबाट लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन

भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख ६ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ।

images
images

घोराही- दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ। 

images
images
images

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० रूपैयाँ राजस्व संकलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए।

images
images

भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि एक करोड एक लाख ३८ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो। भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

images
images

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ।

यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको दुईसय रूपैयाँ र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको ६ सय रूपैयाँ राजस्व लिने गरेको छ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख ६ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३ २०८११४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend