काठमाडौं- नेप्से परिसूचकमा साताको पहिलो दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। गत शुक्रबार बुक क्लोज भएसँगै कम्पनीको सेयर खरिदमा लगानीकर्ता भुम्मिएका हुन्।
१०० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीले गत बुधवारसम्म कायम भएका सेयरधनीलाई लाभांश दिने छ। कम्पनीको ७५ प्रतिशत सेयर लाभांश र २५ प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश दिँदै छ।
३९२५ रुपैयाँमा बुक क्लोज भएसँगै आइतबार कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो। ९.९९ प्रतिशतले बढेर सेयर मूल्य ४३१७.९० रुपैयाँ पुगेको छ। जुन मूल्य बुक क्लोज पछि प्रतिकित्ता ३९२.३९ रुपैयाँले बढेको हो।
कम्पनीको १ लाख ५ हजार १ सय ९३ कित्ता सेयर खरिद बिक्री हुदाँ ४४ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।