बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

होटल द्वारिकाजकी संस्थापक अम्बिका श्रेष्ठको निधन

images
बिहीबार , साउन ३ २०८१
images
होटल द्वारिकाजकी संस्थापक अम्बिका श्रेष्ठको निधन

पाटा नेपालको संस्थापक सदस्य भएर पनि उनले काम गरेकी थिइन्। पाटा नेपालको तर्फबाट नेपालको व्यावसायिक प्रतिनिधित्व र बजारीकरणमा सहभागी भएकी थिइन्। श्रेष्ठ टानको संस्थापक अध्यक्ष पनि हुन्।

images
images

काठमाडौं- व्यावसायिक र लैंगिक सशक्तीकरण क्षेत्रमा अग्रणी पहिचान बनाएकी अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। 

images
images
images

पारिवारिक सदस्य देशबाहिर भएकाले उनको दाहसंस्कार शनिबार हुने भएको छ। 

images
images

सन् १९३३ मा सिक्किममा जन्मिएकी अम्बिकाको विवाह सन् १९५३ मा काठमाडौंका द्वारिकादास श्रेष्ठसँग भएको थियो। विवाहपछि काठमाडौंमा रहेर विभिन्न ठाउँमा काम गरेको उनीसँग अनुभव थियो। 

images
images

भाषा तथा वैदेशिक नियोगमा काम गरेपछि उनीहरूले सन् १९६९ मा ट्रेकिङ एजेन्सी स्थापना गरेका थिए। एजेन्सी सञ्चालनसँगै उनीहरूले सन् १९७७ मा नेपालमै पहिलोपटक बुटिक होटल खोलेका थिए। अहिले होटल द्वारिकाजको नामले चिनिने यसमा उनी सुरूदेखि नै खटिएकी थिइन्। 

सन् १९९२ मा श्रीमान द्वारिकादास श्रेष्ठको निधनपछि अम्बिकाले परिवारसँगै व्यवसाय पनि एक्लै सम्हाल्दै आएकी थिइन्। 

पछिल्लो समय काठमाडौंको द्वारिकाजसँगै धुलिखेलमा पनि रिसोर्ट रहेको छ। व्यवसायसँगै विभिन्न संघसंस्थामा काम गरेको उनीसँग अनुभव थियो। ‍

पाटा नेपालको संस्थापक सदस्य भएर पनि उनले काम गरेकी थिइन्। पाटा नेपालको तर्फबाट नेपालको व्यावसायिक प्रतिनिधित्व र बजारीकरणमा सहभागी भएकी थिइन्। श्रेष्ठ टानको संस्थापक अध्यक्ष पनि हुन्। 

महिला सशक्तीकरणमा प्रेरक महिलाको पहिचान बनाएकी श्रेष्ठ जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय रहेकी थिइन्। जीवनको अन्तिम क्षणसम्म पनि द्वारिकाज होटलको रेखदेखमा सक्रिय रहेकी उनी अन्य काममा पनि सहभागी थिइन्। महिला व्यवसायीहरूको हकहितमा उनले संस्था बनाएर काम गर्दै आएकी थिइन्। 


प्रकाशित : बिहीबार , साउन ३ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend