मंगलबार, मंसिर ११ गते २०८१    
images
images

साढे ५ अर्बको लगानीमा चुनदेवी फोहोर प्रशोधन उद्योग, जैविक मलसहित फलाम र रबर उत्पादन गरिने

images
बिहीबार , साउन ३ २०८१
images
images
साढे ५ अर्बको लगानीमा चुनदेवी फोहोर प्रशोधन उद्योग, जैविक मलसहित फलाम र रबर उत्पादन गरिने
फाइल तस्बिर

उद्योगले जैविक मल (तरल र ठोस) उत्पादन गर्ने छ। उद्योग विभागका अनुसार उद्योगमा शतप्रतिशत नेपाली लगानी नै रहेको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर प्रशोधन गर्नेगरी उत्पादनमूलक उद्योग दर्ता भएको छ। ५ अर्ब ४४ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै चुनदेवी फोहोर प्रशोधन उद्योग स्थापना गर्नेगरी उद्योग दर्ता भएको छ।

images
images
images

उद्योगले जैविक मल (तरल र ठोस) उत्पादन गर्ने छ। उद्योग विभागका अनुसार उद्योगमा शतप्रतिशत नेपाली लगानी नै रहेको छ। उद्योगले वार्षिक रुपमा ३ हजार ६ सय ५० मेट्रिकटन जैविक मल (तरल) मा उत्पादन गर्ने दर्ता विवरणमा उल्लेख छ।

images

यसैगरी उद्योगले ३ हजार ५ सय ४ मेट्रिक टन सीसा, ९ हजार १ सय २५ मेट्रिक टन जैविक मल (ठोस) र ९ हजार १ सय २५ मेट्रिक टन नै वायो ग्यास वार्षिक रुपमा उत्पादन गर्ने लक्ष्य लिएको छ।  

images

यसैगरी उद्योगले २ हजार ६ सय २८ मेट्रिक टन, ८ सय ७६ मेट्रिक टन फलाम र ४ सय ३८ मेट्रिक टन रबर उत्पादन गर्ने भएको छ। 


प्रकाशित : बिहीबार , साउन ३ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend