मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षा हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३ २०८१
images
images
कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षा हुने

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images
images

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

images
images

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

images
images

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानमा ठूलो वर्षाको सम्भावना छ।

images
images
images

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयबाट बच्न अनुरोध गरेको छ। 


प्रकाशित : बिहीबार , साउन ३ २०८१०९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend