सोमबार, असोज २८ गते २०८१    
images
images

डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि गोरखा-आरुघाट सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३ २०८१
images
images
डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि गोरखा-आरुघाट सडक अवरुद्ध

भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ। पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

images
images

गोरखा- गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ। 

images
images
images

भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो। भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ। पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

images

'सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्', वडाध्यक्ष श्रेष्ठले भने, 'सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ।' रासस

images


प्रकाशित : बिहीबार , साउन ३ २०८१०९:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend