शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

विदेशी मुद्रा अपचलनको अभियोगमा सुनिल पौडेलविरुद्ध राजस्व अनुसन्धानको मुद्दा

images
बुधबार, साउन २ २०८१
images
images
विदेशी मुद्रा अपचलनको अभियोगमा सुनिल पौडेलविरुद्ध राजस्व अनुसन्धानको मुद्दा

यसअघि एउटा अभियोगमा दोषी ठहर र अन्य अभियोग विचाराधीन रहेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा नेसनल पेमेन्ट गेटवेको अनियमिततामा विशेष अदालतबाट दोषी ठहर भइसकेका पौडेलमाथि अख्तियारले अरु भ्रष्टाचारका विषयमा पनि अनुसन्धान गरिरहेको छ।

images
images

काठमाडौं- अनियमितता र भ्रष्टाचारका श्रृंखलाबद्ध मुद्दा खेपिरहेका सुनिल पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

images
images

पौडेलले अनुमति नलिइई सिंगापुरको युनाटेड ओभरसिज बैंकमा खात खोली ५८ हजार अमेरिकी डलर जम्मा गरेको पाइएको थियो। यो विदेशी विनिमय नियमित गर्ने ऐनविपरीत भएको भन्दै विभागले मुद्दा दायर गरेको हो। 

images
images

विभागले पौडेलिविरुद्ध ५८ हजार डलर बराबरको ७७ लाख ४५ हजार ९०० रुपैयाँ बिगो र त्यसको तीनगुणा २ करोड ३२ लाख ३७ हजार ७०० रुपैयाँ जरिवाना माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरेको छ। 

images
images
images

यसअघि एउटा अभियोगमा दोषी ठहर र अन्य अभियोग विचाराधीन रहेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा नेसनल पेमेन्ट गेटवेको अनियमिततामा विशेष अदालतबाट दोषी ठहर भइसकेका पौडेलमाथि अख्तियारले अरु भ्रष्टाचारका विषयमा पनि अनुसन्धान गरिरहेको छ। 

सुनिल पौडेलले नेपालमा मिलेमतोमा ठेक्का दिने र त्यसबापत सिंगापुरमा घुस बुझ्ने गरेको अख्तियारकै आरोपत्रमा उल्लेख गरिएको छ। यसमा चारवटा कम्पनी पौडेलका मतियारका रुपमा देखिएका छन्। अख्तियारको उक्त अनुसन्धानकै आधारमा विभागले विदेशी मुद्रा अपचलनको विषयमा थप अनुसन्धान गरेको थियो। 

सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा १७ वर्ष बिताएका थिए। करारबाट सेवा प्रवेश गरेका सुनिल पछिल्लो समय कार्यकारी निर्देशक थिए। २०७८ सालमा सरकारले उनलाई नेपाल टेलिकमको प्रबन्धक नियुक्त गरेको थियो। प्रत्येक सरकारी प्रविधिको खरिदसँग जोडिने केन्द्रमा हुँदा सुनिलले चलाएको भ्रष्टाचारको साम्राज्यको खुलासा हुँदै गरेको छ। 


प्रकाशित : बुधबार, साउन २ २०८११८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend