बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वैदेशिक रोजगारीमा जाने युवाको रोजाइमा यूएई, मलेसियाको रोजगारी ठप्पजस्तै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २ २०८१
वैदेशिक रोजगारीमा जाने युवाको रोजाइमा यूएई, मलेसियाको रोजगारी ठप्पजस्तै

मलेसियाले नयाँ कामदार लैजाने गरी कुनै पनि भिसा दिएको छैन। नेपाली कामदारको खास रुचीमा नरहेका केही सहरमा मात्रै मलेसियाले विदेशी कामदार लिएको छ।

काठमाडौं- गतआर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीका लागि नेपालबाट विश्वका विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४१ हजार ३ सय २ रहेको छ। जसमा पुरुष कामदारको संख्या ६ लाख ६१ हजार १ सय ३० र महिला कामदार ८० हजार १ सय ७२ जना रहेका छन्।

यसलाई नै सरकारले वैदेशिक रोजगारीमा जाने संख्यामा गणना गर्दै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार यसमा सबैभन्दा बढी युवाको रोजाइको गन्तव्य यूएई रहेको छ। गत वर्षमा रोजगारीका लागि बाहिरिने युवामध्ये करिब २६.१ प्रतिशत युवाको रोजाइमा यूएई रहेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा यूएई जाने कामदारको संख्या १ लाख १६ हजार १ सय ५९ थियो। तर गत आवमा भने यूएई जाने कामदारको संख्या १ लाख ९३ हजार ४ सय ३९ रहेको थियो।

यसैगरी दोस्रो रोजाइमा साउदी अरब रहेको छ। गत आवमा साउदी अरब जाने कामदारको संख्या १ लाख ४१ हजार ५ सय ६२ जना रहेको छ।

यसैगरी कतार जाने कामदारको संख्या १ लाख ३४ हजार ६ सय ७१ र मलेसिया जाने कामदारको संख्या १ लाख ३ हजार ४ सय ४३ जना छ।

देशगत हिस्सा (2).png

अहिले मलेसिया जाने कामदारको संख्यामा ठूलो गिरावाट आएको हो। अघिल्लो आवको १२ महिनामा नेपालबाट मलेसियाको रोजगारीमा जाने कामदारको संख्या २ लाख ५९ हजार ५ सय ९४ थियो। अघिल्लो आवमा नै मलेसिया युवाको पहिलो रोजाइमा परेको थियो।

असारमा नेपालबाट १ हजार ४ सय ६४ जना कामदार मलेसिया पुगेका छन्। त्यसमा नयाँ कामका लागि म्यानपावरमार्फत जाने कामदारको संख्या ६० जनामात्रै छ।

गएको जेठ १५ गतेदेखि नै मलेसियाको रोजगारी बन्द छ। मलेसियाले नयाँ कामदार लैजाने गरी कुनै पनि भिसा दिएको छैन। नेपाली कामदारको खास रुचीमा नरहेका केही सहरमा मात्रै मलेसियाले विदेशी कामदार लिएको छ। 


प्रकाशित : बुधबार, साउन २ २०८११८:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend