शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट, सहयोग जारी राख्ने प्रतिबद्धता

images
बुधबार, साउन २ २०८१
images
images
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट, सहयोग जारी राख्ने प्रतिबद्धता

एडीबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

images
images

काठमाडौं- खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

images
images

भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडीबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

images
images

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुर्‍याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उनले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौंमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताए।

images
images
images

एडीबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे। त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend