मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ          

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १८ २०७८
images
images
स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ          

१ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।  

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  

images
images

बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाइन्सको जहाजमा सोही एयरलाइन्सका बिराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा प्रहरीले थप जाँच गरेको थियो। 

images
images

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उद्‍घोषसमेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।  

images
images
images

बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।   


प्रकाशित : आइतबार, पुस १८ २०७८०६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend