बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

एक वर्षमा झापामा ५७ हजार सवारीसाधन कारबाहीमा, तीन करोड ८६ लाख राजस्व संकलन

गत साउनदेखि असारसम्ममा सवारी दुर्घटनामा ८७ जनाले गुमाए ज्यान

images
बुधबार, साउन २ २०८१
images
images
एक वर्षमा झापामा ५७ हजार सवारीसाधन कारबाहीमा, तीन करोड ८६ लाख राजस्व संकलन
फाइल तस्बिर
images
images

झापा- जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो।

images
images

सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए। सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीनजना सामान्य घाइते भएका छन्। सबैभन्दा धेरै पाँच सय ५१ व्टा मोटरसाइकल दुर्घटनामा परेका छन्।

images
images

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप/कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन्। वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ।

images
images
images

आव २०७९/८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए। ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए। 

सवारी कारबाही 

जिल्लामा गत आव २०८०/८१ मा ५७ हजार चारसय ५६ सवारीसाधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ रूपैयाँ राजस्व संकलन भएको छ। 

संघीय सरकारले निर्धारण गरेअनुसार पहिलोपटक कारबाहीमा पर्नेलाई पाँचसय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँचसय रूपैयाँ जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए। उनले भने, 'अहिले सवारीसाधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौँ। एउटै चालक अनुमतिपत्र र सवारीसाधनले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ।'

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट एक करोड सात लाख ३१ हजार एकसय ४१ रूपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा एक करोड सात लाख २७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। 

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पद्धार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए। गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो।

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए। यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend