शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

images
बुधबार, साउन २ २०८१
images
images
तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए।

images
images

तनहुँ- जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ। 

images
images

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दुरीमा रहेको व्यास-१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो।

images
images

असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। उनका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो।

images
images
images

'संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन्। कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्', व्यवस्थापक श्रेष्ठले भने, 'सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ।'

डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जीआई र एचडीपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिए। नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उनले बताए।

लामो दुरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ। सानाठूला गरी चार आयोजनाबाट पानी संकलन गरी व्यास-१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो।

खिरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए। 'छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर संकलन हुँदै आएको थियो। अहिले पानी संकलनमा समस्या भएपछि वितरण बन्द भएको हो', उनले भने।

यसअघि बिहान र बेलुका दुई/दुई घण्टा पानी वितरण हुँदै आएकामा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताए। 'खिरखाँदी मुहानको पानी नियमित संकलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन', उनले भने।

उक्त मुहानको पानी पूर्ण रुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend