शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

कोरला नाकामा ४० लाखको लागतमा एकीकृत भवन निर्माण

images
बुधबार, साउन २ २०८१
images
images
कोरला नाकामा ४० लाखको लागतमा एकीकृत भवन निर्माण

सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलनका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि-फाइप प्रविधिको ६ कोठे एकतले भवन निर्माण गरिएको हो।

images
images

म्याग्दी- गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ।

images
images

गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजार रूपैयाँको लागतमा एकीकृत भवन निर्माण गरिएको हो।

images
images

सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि-फाइप प्रविधिको ६ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सबइन्जिनियर कमल पहारीले जानकारी दिए।

images
images
images

कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend