शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

सिमलताल पहिरो : मधेस प्रदेशका मृतकका परिवारले एक लाख रूपैयाँ पाउने

images
बुधबार, साउन २ २०८१
images
images
सिमलताल पहिरो : मधेस प्रदेशका मृतकका परिवारले एक लाख रूपैयाँ पाउने

मुख्यमन्त्री शतिशकुमार सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए।

images
images

धनुषा- मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ।

images
images

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए।

images
images

'दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ', मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने, 'मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।'

images
images
images

मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए। रासस 


प्रकाशित : बुधबार, साउन २ २०८११३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend