शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

images
बुधबार, साउन २ २०८१
images
images
ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

आव २०८०/८१ मा ललितपुर महानगरपालिकाको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व संकलन भएको हो।

images
images

पाटन- ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images

महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व संकलन भएको हो।

images
images

'सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड राजस्व संकलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्यांकअनुसार दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व संकलन भइसकेको देखिएको छ, राजस्व संकलनको तथ्यांक अद्यावधिक भइरहेको र अन्तिम तथ्यांक आइनसकेको छैन,' थापाले भने।

images
images
images

त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए। 'गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार तीन अर्ब २५ करोड आठ लाख ८८ हजार रूपैयाँ खर्च भएको छ,' धिमालले भने।

राजस्व संकलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ। समीक्षा अवधिमा महानगरले ५८ करोड रूपैयाँभन्दा बढी पुरानो बेरुजु फछ्र्याैट गरेको धिमालले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend