शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

images
बुधबार, साउन २ २०८१
images
म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

सिँचाइ सुविधा विस्तार भएसँगै आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ।

images
images

म्याग्दी- म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।

images
images
images

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो। 

images
images

कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४ योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए। 'म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,' उनले भने, 'सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ।'

images
images

कार्यालयका सव इन्जिनियर अञ्जन खत्रीले गत आर्थिक वर्षमा आठ हजार नौ सय ४४ मिटर पक्की नहर निर्माण र एघार हजार ४७ मिटर पाइपलाइन जडान भएको जानकारी दिए। ती योजनाबाट नौ हजार सात सय ४९ जना किसान लाभान्वित भएका उनले बताए। धवलागिरि गाउँपालिका-७ को हिलापोखरी सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले पक्की नहर बनेपछि बारी बनाएर कोदो रोप्न थालिएको खेतलाई यसपाली किसानले धान रोपाइँ गरेको बताए।

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको १५ लाख रूपैयाँ बजेटबाट हिलापोखरीमा पाँच सय ६५ पक्की नहरसहितको सिँचाइ आयोजना निर्माण भएको थियो।

गत आर्थिक वर्षमा कुल १६ करोड १४ लाख २५ हजार रूपैयाँ पुँजीगत बजेट भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले ९२ प्रतिशत अथवा रु १४ करोड ८२ लाख ८३ हजार खर्च गरेको जनाएको छ।  

कृषि ज्ञान केन्द्र म्याग्दीको गत आर्थिक वर्षको तथ्यांक अनुसार कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ। कुल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ।

खेती भएकोमध्ये ३० दशमलव ८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। एक हजार छ सय १३ हेक्टरमा बाह्रैमहिना र चार हजार तीन सय ३३ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ। खेती भएकोमध्ये ६९ दशमलव १६ प्रतिशत अथवा १३ हजार चार सय ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend