शनिबार, असोज ५ गते २०८१    
images
images

काठेखोला गाउँपालिकामा कोरोनाबाट मृत्यु भएकाका परिवारलाई २० हजार सहयोग 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १८ २०७८
images
images
काठेखोला गाउँपालिकामा कोरोनाबाट मृत्यु भएकाका परिवारलाई २० हजार सहयोग 

गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार रूपैयाँ दिने निर्णय गरेको छ।

images
images

गलकोट- बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजार रूपैयाँका दरले राहत प्राप्त गरेका छन्।

images
images
images

आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको ३ लाख ६० बजार रूपैयाँ बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। 

काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने, 'कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो।'
 
गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ। गाउँपालिकाले कोरोना महामारीमा काठमाडौँ, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो।

गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार रूपैयाँ दिने निर्णय गरेको छ। यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले ५० हजार रूपैयाँ राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिए। 

images

जिल्लामा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ। तर बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ। उनले भने, 'गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौँ, सङ्कलित तथ्याङ्कबाट मासिकरूपमा हामीले भुक्तानी गर्ने गरेका छौँ।' रासस 


प्रकाशित : आइतबार, पुस १८ २०७८०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend