शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

५ महिनासम्म न्यारोबडी ग्राउन्डेड हुँदा निगमलाई साढे एक अर्ब क्षति भएको निष्कर्ष

क्षतिपूर्ति दाबीको निर्णयमा कार्यकारी अध्यक्ष अधिकारीको आलटाल

images
बुधबार, साउन २ २०८१
images
५ महिनासम्म न्यारोबडी ग्राउन्डेड हुँदा निगमलाई साढे एक अर्ब क्षति भएको निष्कर्ष

जहाज ग्राउन्डेड हुँदा निगमलाई १३२ दिनको आम्दानी क्षति भएको निगम आफैले गठन गरेको अध्ययन समितिले रिपोर्ट बुझाएको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी ए ३२० कल साइन नाइन एन एकेएक्स जहाज पाँच महिनासम्म लगातार ग्राउन्डेड भएको थियो।

images
images
images

जहाजको इन्जिनमा समस्या हुँदा नोभेम्बर २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म जहाज ग्राउन्डेड भएको थियो। निगमले ए३२० जहाजको इन्जिन मर्मत तथा इन्जिन मर्मतका समयमा जहाज उडानका लागि इन्जिन भाडामा लिने गरी इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई छनोट गरेको थियो।

images
images

तर कम्पनीले ए ३२० जहाजको इन्जिन मर्तममा लापरबाही गरिरहेको छ। सेटिङमा छनोट भएको कम्पनीले इन्जिन मर्मतमा लापरबाही र ढिलासुस्ती गरिरहेका कारण ‍जहाज पाँच महिनासम्म ग्राउन्डेड भएको थियो। उक्त जहाज ग्राउन्डेड हुँदा निगमलाई १३२ दिनको आम्दानी क्षति भएको निगम आफैले गठन गरेको अध्ययन समितिले रिपोर्ट बुझाएको छ।

images
images

प्रतिदिन १ करोड १५ लाख रुपैयाँका दरमा १ अर्ब ५१ करोड रुपैयाँ निगमको आम्दानी गुमेको र इन्जिन मर्मतमा लापरबाही गर्ने कम्पनीसँग क्षतिपूर्ति लिनुपर्ने सुझाव समितिले दिएको थियो।

समितिकै रिपोर्टका आधारमा सम्बन्धित विभागले क्षति दाबीका लागि आवश्यक कागजपत्र तयार पारेर वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसमक्ष पेस गरेको थियो। तर अधिकारीले उक्त कम्पनीको एजेन्टसँग आर्थिक लाभ लिँदै कम्पनी छनोट गरेका कारण क्षतिपूर्ति दाबी गर्ने निर्णयमा हस्ताक्षर नगरेको स्रोतको दाबी छ।

निगमको २ वटा न्यारोबडी जहाजमध्ये नाइन एन एकेएक्स जहाज जुन २० मा इन्जिनमा समस्या आएपछि काठमाडौं विमानस्थलमा ग्राउन्डेड भएको थियो। त्यसपछि मात्रै इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने गरी इजरायलको कम्पनी छनोट गरिएको थियो। २०२३ जुन २० मा ग्राउन्डेड जहाज २०२३ सेप्टम्बर २८ मा मात्रै नियमित उडानमा आएको थियो।

तर जहाज भाडाको इन्जिन राखेर उडानमा आएको थिए। सेप्टेम्बर २८ मा दिएको इन्जिन कम्पनीले ६५ दिनमा मर्मत गरेर दिन गरी सम्झौता गरेको थियो। भाडाको इन्जिनमा उडान गरिरहेको जहाजको पुन: २०२३ को नोभेम्बर ३० मा अर्को इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भयो। सेप्टेम्बरमा मर्मतका लागि दिएको इन्जिन मर्मत गरेर दिन समय भइसकेको थियो।

तर कम्पनीले इन्जिन मर्मत नै गरेको थिएन। सम्झौताअनुसार ग्राउन्डेड जहाज उडानमा लैजान भाडाको इन्जिन पनि कम्पनीले दिए। विवाद सुरु भएपछि अधिकारीले जहाज नै इजरायल लगरे थन्काएका थिए।

जहाज २०२४ को अप्रिल २८ मा मात्रै सेप्टेम्बरमा मर्मतका लागि छोडेको इन्जिन मर्मत गरेर उडानमा आएको थियो। जहाजको नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतका लागि छोडिएको थियो। साथै सेप्टेम्बर २८ मा भाडामा लिएको इन्जिन यथावत नै थियो।

अप्रिलमा मर्मतका लागि दिएको इन्जिन ८० दिन हुँदा पनि कहिले मर्मत हुन्छ कुनै अत्तोपत्तो निगमलाई छैन। जहाजमा एउटा भाडाको इन्जिन प्रयोग भइरहेको छ। इन्जिन भाडा र मर्मतमा लापरबाहीका कारण जहाज लामो समयसम्म ग्राउन्डेड भएपछि अधिकारीको सर्वत्र विरोध भएको थियो।

विरोध साम्य बनाउनकै लागि अधिकारीले निगमलाई भएको क्षति यकिन गर्ने गरी समिति गठन गरेका थिए। समितिको रिपोर्टका आधारमा क्षतिपूर्ति दाबी गर्ने भनेका अधिकारीले अहिले भने आलटाल गरिरहेका छन्।


प्रकाशित : बुधबार, साउन २ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend