शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशतमात्रै राजस्व असुली

images
बुधबार, साउन २ २०८१
images
images
नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशतमात्रै राजस्व असुली

आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड रूपैयाँमात्रै राजस्व असुली भएको छ।

images
images

बाँके- नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड रूपैयाँमात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए।

images
images

अघिल्लो आवभन्दा गत आवमा करिब चार करोड कम राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

images
images

चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड रूपैयाँ राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो।

images
images
images

कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार रूपैयाँ संकलन गरेको थियो। भदौ महिनामा दुई अर्ब २२ करोड १४ लाख ५८ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४५ करोड ११ लाख ८० हजार रूपैयाँ असुली भएको थियो।

यस्तै, असोजमा दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४८ करोड ६० लाख ९९ हजार रूपैयाँ, कात्तिकमा दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब २४ करोड २१ लाख ५० हजार रूपैयाँ संकलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।

उक्त कार्यालयले मङ्सिरमा दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार रूपैयाँ संकलन गरेको थियो। त्यस्तै, पुसमा दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार रूपैयाँ संकलन भएको छ।

त्यसैगरी, माघमा दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ३१ करोड ८१ लाख २२ हजार रूपैयाँ संकलन भएको छ। कार्यालयले फागुनमा दुई अर्ब ५० करोड १७ लाख ६५ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार रूपैयाँ असुली गरेको छ।

कार्यालयले गत आर्थिक वर्षको चैतमा दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रूपैयाँ, बैशाखमा दुई अर्ब ४७ करोड २५ लाख १२ हजार रूपैयाँ, जेठमा दुई अर्ब ४९ करोड ६६ लाख एक हजार रूपैयाँ र असारमा दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend