शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

वाइवाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

images
बुधबार, साउन २ २०८१
images
images
वाइवाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले जानकारी दिए।

images
images

काठमाडौं- चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

images
images

आईसीसी टि-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरुप सीजी फुड्सले गरेको घोषणाबमोजिम उक्त रकम क्यानलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहबीच सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्‌कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

images
images

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरुप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।

images
images
images

त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो। यस्तै सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रूपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो।

सोही घोषणाबमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा सीईओ पुडासैनीले टी-२० विश्वकपमा सहभागी राष्ट्रिय टिममा आबद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए। 'चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ। अहिले हाम्रो राष्ट्रिय टिम टी-२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धि मान्छु', उनले भने, 'निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधिसहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ।'

चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि उनले दिए।

क्यानका सचिव पारस खड्‌काले नेपाली क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुऱ्याउँदै आएको योगदान उच्च रहेको बताए। वाइवाइले प्रायोजन गरेको यू-१९ प्रतियोगितमा आफूले वाइवाइको जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका खड्काले स्मरण गरे।

नेपाल आईसीसी टि-२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख रूपैयाँ तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रूपैयाँ गरी जम्मा ६० लाख रूपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ। उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

यसैगरी वाइवाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट 'प्रेडिक्ट एण्ड विन कन्टेस्ट' सञ्चालन गरेको थियो। जसअन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः १ लाख, ५० हजार, २५ हजार रूपैयाँ तथा टुर्नामेन्ट प्रेडिक्सनअन्तर्गत ४ जना प्रत्येक विजेतालाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, साउन २ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend