काठमाडौं- सातोको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रपैयाँले बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।