बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

चारवटा ठेक्कामा समयमै काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २ २०८१
images
images
चारवटा ठेक्कामा समयमै काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

कार्यालयले बुधबार सूचना जारी गर्दै ती निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चारवटा ठेक्कामा समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै ती निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो। 

images
images

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतको सिफारिसमा बीएस भैरवशक्ति निर्माण सेवा जेभी, सोही कार्यालयको सिफारिसमा अर्को ठेक्कामा काम नगर्ने बीएस कन्स्ट्रक्सन, नेपाल विद्युत प्राधिकरणको सिफारिसमा भारतीय निर्माण कम्पनी भातिन्दा सेरामिक्स प्रालि र गुराँस गाउँपालिकाको सिफारिसमा मस्टा जेबीडी कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिलाई कालोसूचीमा राखिएको हो। 

images
images

कार्यालयले यी कम्पनीहरुलाई १ वर्ष ६ महिनादेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। कालोसूची अवधिभर यी निर्माण कम्पनीहरूले कुनै पनि सरकारी ठेक्कामा सहभागी हुन पाउँदैनन्। 

images
images
images

साउन १ गतेको निर्णयअनुसार कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राख्ने प्रयोजनका लागि सूचना जारी गरेको हो। 


प्रकाशित : बुधबार, साउन २ २०८११०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend