शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

उपत्यकामा आकाशे पानी भूमिगत पानीमा मिसिनेगरीको संरचना साथै सेप्टिक ट्यांक नभए भवनको नक्सा पास गर्न नपाइने

images
बुधबार, साउन २ २०८१
images
images
उपत्यकामा आकाशे पानी भूमिगत पानीमा मिसिनेगरीको संरचना साथै सेप्टिक ट्यांक नभए भवनको नक्सा पास गर्न नपाइने

'काठमाडौंमा उपत्यकाभित्र घर तथा व्यावसायिक भवन निर्माणको नक्सा पास गर्दा सेप्टिक ट्यांक र आकाशको पानी भूमिगत पानी जलस्रोतमा मिसिने गरी अलग्गै सकपिट नबनाएसम्म नक्सा पास नगर्ने।'

images
images

काठमाडौं - काठमाडौं उपत्यकामा अब घर निर्माणको नक्सा पास गर्दा नयाँ व्यवस्था लागु हुने भएको छ। नक्सा पास गर्नुअगावै सेप्टिक ट्यांकका साथै आकाशे पानी भूमिगत पानीमा मिसावट हुनेगरीको संरचना तयार हुनुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ।

images
images

सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा सेप्टिक ट्यांक र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै सकपिट बनाएर मात्रै घरको नक्सा पास गर्नुपर्ने फैसला गरेको हो। 

images
images

२०६७ सालमा दायर भएको रिटको गत पुस ९ गते फैसला भएको थियो। जसको पूर्णपाठ सार्वजनिक भएको छ। जनहित संरक्षण मञ्चमा अधिवक्ता प्रकाशमणि शर्मालगायतले काठमाडौंको प्रदूषण नियन्त्रण र प्रतिक्रमणका विषयमा परमादेश जारी हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

images
images
images

सोही रिटउपर सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले यस्तो फैसाल सुनाएको हो। 

पूर्णपाठमा भनिएको छ, 'काठमाडौंमा उपत्यकाभित्र घर तथा व्यावसायिक भवन निर्माणको नक्सा पास गर्दा सेप्टिक ट्यांक र आकाशको पानी भूमिगत पानी जलस्रोतमा मिसिने गरी अलग्गै सकपिट नबनाएसम्म नक्सा पास नगर्ने।'

यसैगरी फैसलामा घर निर्माण र त्यसपछि बनेका संरचनाहरुले मापदण्ड पालना गरे/नगरेको विषयमा प्रभावकारी अनुगमन गर्नसमेत भनेको छ। 


प्रकाशित : बुधबार, साउन २ २०८११०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend