मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २ २०८१
images
images
बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति

बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा भने क्षति पुर्‍याएको छ। यसका साथै निकुञ्ज कार्यालय र निवास डुबानमा परेपछि कार्यालयका फाइलसमेत भिजेका छन्।

images
images

कञ्चनपुर- अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति पुगेको छ।

images
images

चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन् भने भौतिक संरचनामा क्षति पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। 

images
images

चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर चारवटा लघुना र एउटा चित्तल मरेको अवस्थामा भेटिएको उनले बताए।

images
images
images

'चौधर नदीको बाढी निकुञ्जमा पस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन्। केही वन्यजन्तु मरेको अवस्थामा फेला पारेका छन्', ऐरले भने। उनका अनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एकदर्जन बढी काठे पुल र पक्की पुल बगेका छन्।

'पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ', संरक्षण अधिकृत ऐरले भने, 'जसकारण अनुगमन तथा गस्ती गर्न समस्या भएको छ।' पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन। महाकालीको बाढी निकुञ्जभित्र नपसेकाले बाह्रसिङ्गाको बासस्थानमा भने क्षति नभएको निकुञ्जले जनाएको छ। 

बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा भने क्षति पुर्‍याएको छ। यसका साथै निकुञ्ज कार्यालय र निवास डुबानमा परेपछि कार्यालयका फाइलसमेत भिजेका संरक्षण अधिकृत ऐरले बताए। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend