बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सबैया साझेदारी वनको ३५ हेक्टर अतिक्रमणमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २ २०८१
images
सबैया साझेदारी वनको ३५ हेक्टर अतिक्रमणमा

यसअघि अतिक्रमणमा परेको ४७ हेक्टर वन खाली गराइएको थियो। उक्त वनमा खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसोलगायत प्रजातिको बिरुवा लगाइएको छ।

images
images

पर्सा- पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ। पर्सागढी नगरपालिका-३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका-३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन्। 

images
images
images

सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी वनअन्तर्गत दुई ठाउँमा वन अतिक्रमण गरिएको जानकारी दिए। सबडिभिजन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा  सर्वसाधारणले वन अतिक्रमण गरिरहेको उनको भनाइ छ। विगतमा यहाँ साझेदारी र सबडिभिजन कार्यालयले गस्ती गर्ने गरेको थियो।  

images
images

'आठ महिनादेखि साझेदारी वन व्यवस्थापन समूह नेतृत्वविहीन छ, अतिक्रमण रोक्न कतैबाट सहयोग मिलेको छैन्', पूर्वअध्यक्ष साहले भने। 
  
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुुसालले वन अतिक्रम रोक्न पहल भइरहेको बताए। डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले सबै निकायसँग समन्वय गरेर वन अतिक्रमण हटाइने बताए।

images
images

यसअघि अतिक्रमणमा परेको ४७ हेक्टर वन खाली गराइएको थियो। उक्त वनमा खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसोलगायत प्रजातिको बिरुवा लगाइएको छ। 

अहिले कार्यालयसँग सात कर्मचारी छन्। उक्त  सबडिभिजनअन्तर्गत तीन हजार एक सय ८८ दशमलव ६९ हेक्टर वन क्षेत्र पर्छ। पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वन क्षेत्र रहेको छ।

साझेदारी वन व्यवस्थापन समूहभित्र वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १९ र २७ बाहेकका ३० वडा तथा पर्सागढी नगरपालिकाको वडा नं ३ र ४ पर्दछ। रासस


प्रकाशित : बुधबार, साउन २ २०८१०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend