आइतबार, भदौ २३ गते २०८१    
images
images

हाइली एडभान्स्ड मोटर्सले विद्युतीय डबल क्याव पिकअप र विद्युतीय माइक्रोबस ल्याउँदै

images
बुधबार, साउन २ २०८१
images
images
हाइली एडभान्स्ड मोटर्सले विद्युतीय डबल क्याव पिकअप र विद्युतीय माइक्रोबस ल्याउँदै

कम्पनीले चीनको जियाङसु ह्वाजी अटो इन्डटस्ट्री कम्पनी लिमिटेडले उत्पादन गर्ने कावे ब्रान्डका विद्युतीय डबल क्याप पिकअप (मोडल : ह्वाजी के१५० ईभी) र विद्युतीय मिनिबस (१४ र १६ सिट) ल्याउने तय भएको छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी ब्रान्ड आउने क्रम बढ्दो नै छ। विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएको र नेपाली उपभोक्तामा विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले नयाँ-नयाँ ब्रान्डसमेत आइरहेका हुन्। 

images
images
images

पछिल्लो पटक अर्को एउटा ब्रान्ड थपिएको छ। कावे ब्रान्डको विद्युतीय पिकअप र विद्युतीय माइक्रोबस आउने भएको हो। उक्त ब्रान्ड ल्याउन आधिकारिक बिक्रेता नियुक्त भएर आयातको प्रक्रिया सुरु भइसकेको छ। 

कावे अटो ब्रान्डका विद्युतीय पिकअप र माइक्रोबस ल्याउनका लागि हाइली एडभान्स्ड मोटर्स प्रालि नामक कम्पनी बनिसकेको छ। यो कम्पनीले आधिकारिक बिक्रेता नियुक्त भएर विद्युतीय पिकअप तथा माइक्रोबस आयातको प्रक्रिया सुरु गरेको छ। 

कम्पनीले चीनको जियाङसु ह्वाजी अटो इन्डटस्ट्री कम्पनी लिमिटेडले उत्पादन गर्ने कावे ब्रान्डका विद्युतीय डबल क्याप पिकअप (मोडल : ह्वाजी के १५० ईभी) र विद्युतीय मिनिबस (१४ र १६ सिट) ल्याउने तय भएको छ। 

images

हाइली एडभान्स्ड मोटर्स प्रालिले ल्याउने पिकअप र विद्युतीय मिनिबसको स्पेसिफिकेसन, मूल्य, विशेषतालगायत बारे भने बाहिर आएको छैन। 

विद्युतीय पिकअप जीएसीको नेपाल आइसकेको छ भने सीजी मोटर्सले ल्याउने राडार ब्रान्डको आउने क्रममा रहेको छ। त्यसपछि कावे ब्रान्डको आउने लागेको हो। पिकअप मुख्यगरी अफरोड बाटोमा चल्ने भएकाले यसको बजार कसरी अघि बढ्छ त्यो हेर्न बाँकी नै छ। 

micro.jpg

पिकअपमा मोटर तथा ब्याट्री ठूलै हुन्छ। सोही कारणले तुलनात्कम रुपमा महँगो हुने अनुमान गरिएको छ। कावेका विद्युतीय पिकअप र राडारको पिकअपबीच प्रतिनस्पर्धा हुने देखिएको छ।

दुवैको ब्याट्री क्षमता, मोटर पावर तथा मूल्य बाहिर नआइसकेकाले ‘नेक टू नेक’ प्रतिस्पर्धा हुन्छ वा हुन्न त्या भने गाडी आइपुगेपछि थाहा हुनेछ। 

यता चीनबाट आउने विद्युतीय माइक्रोबसमा पनि उल्लेख्य रुपमा प्रतिस्पर्धा बढिरहेको छ। हाल नेपालमा एक दर्जनभन्दा बढी विद्युतीय भ्यान/माइक्रोबस ब्रान्ड र दुई दर्जन मोडल उपलब्ध भइरहेका छन्। 

११ सिट क्षमतादेखि २५ सिट क्षमतासम्मका विद्युतीय माइक्रोबस/मिनिबस नेपाली बजारमा उपलब्ध भइसकेका छन्। कावे ब्रान्डका १४ र १६ सिट क्षमताका विद्युतीय माइक्रोबस तथा मिनिबस सेगमेन्टमा पनि प्रतिस्पर्धा बढ्न थालेको छ। 

विद्युतीय माइक्रोबसहरू विभिन्न रुटहरू तथा स्कुटल बसका रुपमा प्रयोग भइरहेका छन्। सञ्चालन खर्च कम भएको तथा चार्जिङ पूर्वाधारलगायतको विस्तार हुँदै गएकाले छोटो तथा मध्यम रुटमा विद्युतीय माइक्रोबसको प्रयोग बढ्दै गइरहेको छ। 


प्रकाशित : बुधबार, साउन २ २०८११३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend