बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

images
मंगलबार, साउन १ २०८१
images
जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

गत आव २०७९/८० को तुलनामा २२ करोड १२ लाख ६९ हजार एकसय ९९ रूपैयाँले राजस्व वृद्धि भएको छ।

images
images

झापा- भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार पाँचसय ९२ रूपैयाँ राजस्व संकलन गरेको छ। ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो।

images
images
images

आव २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए।

images
images

'गत आव २०७९/८० को तुलनामा २२ करोड १२ लाख ६९ हजार एकसय ९९ रूपैयाँले राजस्व वृद्धि भएको छ', उनले भने।

images
images

गत आवमा ५८ करोड ४५ लाख ४५ हजार तीनसय ९३ रूपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा सेवा करबापत सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेसन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटबापत छ करोड २७ लाख ८७ हजार छ सय १२ रूपैयाँ संकलन भएको छ।

यस्तै डोर सुविधा शुल्क एक लाख ८९ हजार, पुँजीगत लाभकर ३२ करोड एक लाख २५ हजार दुईसय ६७ र विलम्ब शुल्कबापत एक लाख १७ हजार नौसय छ रूपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन १ २०८११८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend