बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

images
मंगलबार, साउन १ २०८१
images
पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल
फाइल तस्बिर

समितिले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

images
images

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ।

images
images
images

समितिले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

images
images

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाको कानूनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उनले बताए।

images
images

उनका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको बताए। रासस


प्रकाशित : मंगलबार, साउन १ २०८११८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend