मंगलबार, मंसिर ११ गते २०८१    
images
images

बैंकर्स संघका पदाधिकारीसँग अर्थमन्त्रीले भने - सरोकारवाला सबै एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनतर्फ लाग्नुपर्छ

images
मंगलबार, साउन १ २०८१
images
images
बैंकर्स संघका पदाधिकारीसँग अर्थमन्त्रीले भने - सरोकारवाला सबै एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनतर्फ लाग्नुपर्छ

मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीको रुपमा आममानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउनेतर्फ सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बताए।

images
images

काठमाडौं- नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले मंगलबार नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन्।

images
images
images

सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुऱ्याएको योगदानबारे स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराए।

images

साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृतरुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने धारणा अध्यक्ष केसीले राखे।

images

भेटका क्रममा संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पुऱ्याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ सबै लाग्नुपर्ने बताए।

मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीको रुपमा आममानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउनेतर्फ सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उनले बताए।

भेटमा अर्थमन्त्री पौडेलले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसात गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाए। बैंकका कर्मचारीमाथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएका कारण समाजमा बढ्‌दै गइरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको पनि अर्थमन्त्री पौडेलले बताए।

वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकाले अर्थतन्त्रमा देखिएको राजनीतिक अस्थिरताको समस्या अन्त्य हुन गइ अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशावादी हुनसमेत अर्थमन्त्री पौडेलले आग्रह गरे।


प्रकाशित : मंगलबार, साउन १ २०८११८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend