सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

मनसुनी विपद्‌ : चौबिस घण्टामा सातजनाको मृत्यु

images
मंगलबार, साउन १ २०८१
images
images
मनसुनी विपद्‌ : चौबिस घण्टामा सातजनाको मृत्यु

मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्‌मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ।

images
images

काठमाडौं- गएको चौबिस घण्टामा मनसुनी विपद्‌मा परी सात जनाको मृत्यु भएको छ।

images
images
images

मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्‌मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ। गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो। उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

images
images

बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो।

images
images
images

काठमाडौं उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताए।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ। 

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन्।

साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १ २०८११८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend